
काठमाडौँ, २९ चैत । हेटौंडाकी श्रृंखला खतिवडाले मिस नेपाल–२०१८ को उपाधि पाएकी छन् । २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल बनेकी खतिवाडा इन्जिनरिङकी विद्यार्थी हुन् । श्रृंखला बौद्धिक रुपमा निकै तेज छिन् ।
उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् ।
उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

























