पाँचथर, २८ चैत । पाँचथर सदरमुकाम फिदिममा जारी दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड झापा विजयी बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ ।

Advertisement

फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा ४–२ गोल अन्तरले हेटौँडालाई हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो । झापाको जितमा पुष्प मादेनले खेलको २० औँ ६७ औँ र ७७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यस्तै नवयुग श्रेष्ठले ५४ औँ मिनेटमा उत्कृष्ट गोल गरे ।

उता जवाफमा हेटौँडाका इब्राहिमले १२ औँ र मुस्ताफाले १९ औँ मिनेटमा एक एक गोल गरे । खेलको म्यान अफ द म्याच विर्ता युनाइटेडका पुष्प मादेन घोषित भए । उनले रु पाँच हजार प्राप्त गरे ।

जितसँगै विर्ता युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्र्तगत बिहीबारको पहिलो सेमिफाइनल खेल न्यू टार सुनसरी र मिसन युनाइटेड ताप्लेजुङबीच हुनेछ ।

प्रतियोगिताको विजेताले रु तीन लाख पाँच हजार ५५५ तथा उपविजेताले रु एक लाख ५५ हजार ५५५ रुपैया प्राप्त गर्ने आयोजक पाँचथर फुटबल क्लवका अध्यक्ष अनुराग मगरले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!