पाँचथर,२६ चैत । सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल पुगेको हो । इलामका लागि खेलको १६ औँ मिनेटमा मनिष थापा र ८४ औँ मिनेटमा सुवास राईले गोल गरे ।

मोरङका लागि वीरेन्द्र लिम्बूले पहिलो हाफको १८ औँ मिनेटमा गोल गरे पनि त्यो जीतका लागि पर्याप्त भएन । मोरङका क्याप्टेन विक्रम लिम्बूले ३४ औँ मिनेटमा विपक्षी खेलाडीलाई फल गरेर रातो कार्ड पाएपछि मैदान बाहिरिएका थिए ।

‘म्यान अफ द म्याच’ मोरङका गोलकिपर छिरिङ तामाङ घोषित हुँदै रु पाँच हजार प्राप्त गरे । मंगलबार जावलाखेल युथ क्लब ललितपुर र सुनसरी–११ बीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल आगामी वैशाख २ गते हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!