भोजपुर, २२ चैत । भोजपुरमा चट्याङ लागेर बुधबार साँझ एक जनाको ज्यान गएको छ ।
पौवादुङ्मा गाउँपालिका ४ बास्तिममा साँझ ५ बजेतिर ४० बर्षिया तारा घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
पानीपरेसँगै घरमा बसिरहेकी घिमिरेलाई चट्याङ्ले टाउँको र घाँटीमा चोट लागेको थियो ।
उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।















