काठमाडौ, २२ चैत । एमाले र माओवादीले एकीकृत पार्टी घोषणा तयारीका लागि समिति बनाउँदै छन् । विवादित विषयमा लगभग सहमति जुटिसकेकाले पार्टी घोषणा समिति बनाउन लागिएको हो । कार्यदलले मिलाउन नसकेका विषयमा सहमति गर्न एकता संयोजन समितिको बैठक आज (बिहीबार) बिहान ९ बजे बालुवाटारमा डाकिएको छ ।

Advertisement

बिहीबार विवादित दुई विषयमा सहमति जुटे पार्टी घोषणासभाको तयारीका लागि दुवै पार्टीका नेता सम्मिलित एउटा समिति बनाउने योजना छ । माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले एकता घोषणा तयारीका लागि समिति बनाउने जानकारी गराएको नेता देवेन्द्र पौडेलले बताए ।

‘धेरै विषय लगभग मिलिसकेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘पार्टी एकताका लागि माहोल बनाउन तपाईंहरू सबै लाग्नुहोस् ।’ पार्टी एकता सांगठनिक रूपमा समानताका आधारमा हुने भन्दै प्रचण्डले कमजोर भएर एकता नहुने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!