पाँचथर, २१ चैत। आफ्नै नातिनी करणीको अभियोगमा पाँचथर प्रहरीले एक जनालार्इ पक्राउ गरेको छ । १२ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले ५८ वर्षीय हजुरबुबालाई पक्राउ गरेको हो ।

कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

Advertisement

मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!