विराटनगर, २० चैत। विराटनगरमा जारी विराट गोल्डकपमा मंगलबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र संकटा क्बल बीच खेल हुँदैछ। खेल विराटनगरको शहीद रंगशालमा हुनेछ।

यस्तै, सोमबार भएको खेलमा मोरङ–११ लाई टाइब्रेकरमा निराश पार्दै कटहरी गोल्डकपको विजेता झापा–११ सेमिफाइनलमा पुगेको छ। झापाले मोरङलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरेको हो। जितको लागि झापाका योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र माइकल मिचेलले गोल गरेका थिए।

मोरङका तर्फबाट दिपक राई, अशोक खवास र बुद्धिमान राईले गोल गरेका थिए। खेलको म्यान अफ द म्याच झापा अबुबका याकुप घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

निर्धारितसमय र थप गरिएको अक्तिरिक्त समयमा ३–३ गोलले बराबरी भएपछि खेल टाइब्रेकरबाटमा पुगेको थियो। जितसँगै झापाले चैत २१ गते हुने नेपाल पुलिस क्लब र नेपाल आर्मी क्बलबीचको बिजेता टीमसँग सेमिफाइनल खेल खेल्नेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!