काठमाडौं, १९ चैत । नायक प्रदीप खड्का स्टार फिल्म ‘लिलिबिली’को जापानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ। जापानको टोकियोस्थित नकानो जिरो हलमा सम्पन्न भएको प्रिमियरमा प्रदीप खड्का, जसिता गुरुङ र निर्माता गोविन्द शाही उपस्थित थिए। प्रिमियरमा फिल्म हेरेका दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन्। कार्यक्रमलाई डेस्टिनी क्रियसन जापानुले आयोजना गरेको थियो।

दर्शकबाट पाएको साथ र प्रतिक्रियाबाट आफूहरू एकदमै उत्साहित भएको र आगामी दिनमा पनि यस्तो सोको आयोजना गरिरहने आयोजक संस्थाको लक्ष्य रहेको छ। त्यस्तै, निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले निकै उत्साहित बनाएको भन्दै खुसी व्यक्त गरे।

‘सबैले राम्रो फिल्म हेर्न पाएको भन्दै बधाई दिनुभएको छु, उनी भन्छन्, हामीले मिहिनेत गरेर राम्रो फिल्म बनाएको थियौँ। जसको नतिजा एकदमै सुखद मिलेको छ।’ जापानवासी दर्शकले आगामी दिनमा पनि यस्तै फिल्म हेर्न पाइयोस् भन्ने आशा व्यक्त गरेकोले आगामी दिनमा पनि राम्रो फिल्फ लैजाने निर्माता शाहीको भनाइ छ।

मिलन चाम्स निर्देशित फिल्ममा प्रियंका कार्की, अनुपविक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ। कफिया फिल्मस सुदीप खड्का प्रोडक्सनु र चाम्स इन्टरटेनमेन्टको ब्‍यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदीप खड्का र निर्देशक चाम्सको लगानी छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!