चलचित्र ‘कृ’ मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीतमा केहि लाइन आफ्नो चलचित्र ‘संझना’को गीतबाट चोरिएको भन्दै निर्देशक शम्भु प्रधानले उजुरी हाले । उनकै उजुरीको आधारमा चलचित्रका निर्माता सुवास गिरी एक दिन हिरासतमा बस्नुपर्‍यो भने ११ लाख क्षतीपूर्ती पनि तिर्नुपर्‍यो । शम्भुको यो कदमको चलचित्रकर्मीले चर्को आलोचना गरिरहेका छन् ।

Advertisement

शम्भुसँग निर्माता सुवास गिरीले यो गीत युटुबबाट हटाउने सहमति पनि गरेका थिए । सोही सहमति अनुसार ‘कृ’को सो गीत युटुबबाट हटेको छ । साथमा, हाइलाइट्स नेपालको आधिकारिक युटुब च्यानलमा अपलोड भएको गीतमा ‘उकालीमा अघि अघि’को ठाउँमा ‘ढुकढुकी’ राखिएको छ ।

अल्मोडा राना उप्रेतीले पहिले नै यो गीत तयार पारेका थिए । तर, गीतको विचमा ‘उकालीमा अघि अघि’ राख्ने निर्माता भूवन केसीको प्रस्तावमा केहि शब्द परिवर्तन गरिएको थियो ।

तर, अब ‘ढुकढुकी’ बोल समावेश गर्दै गीत युटुबमा अपलोड गरिएको छ । गीतमा अल्मोडा राना उप्रेतीको शब्द, स्वर र संगीत छ । सविन एकतारेले उनलाई शब्दमा साथ दिएका छन् ।

गीतको नयाँ भिडियोमा पुरानै गीतको भिडियो र केहि तस्बिर समावेश गरिएको छ । गीतको भिडियोमा नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको छ ।

https://youtu.be/FhkGrNolX3U

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!