ईश्वर थापा/संगालोखबर

धनकुटा, १६ चैत । शिक्षा ऐनको नवौँ संशोधनको विरोध गर्दै धनकुटामा बिद्यार्थीहरुले आज बिहान आधाघण्टा चक्काजाम गरेका छन् । संशोधनप्रति विरोध जनाउँदै संयुक्त विद्यार्थी संगठनले बिहान साँढे ८ देखि ९ बजेसम्म कोशी राजमार्गमा चक्काजाम गरेका हुन् ।

धनकुटा बहुमुखी क्याम्पसको मुल गेट अगाडि सडकमा निश्किएका बिद्यार्थीहरुले चक्काजाम गर्दै शिक्षा ऐन संशोधनको विरोध जनाए । चक्काजाम पश्चात भएको कोण सभामा बोल्दै अनेरास्ववियूका कार्यबाहक अध्यक्ष अंकित थापा र अनेरास्ववियु (क्रान्तिकारी) का सचिब पदम रखालले विद्यार्थीमारा ऐन संशोधन तत्काल फिर्ता लिन माग गरे ।

एकातर्फ राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षामा केहि गर्न खोजे जस्तो देखाए पनि त्यसको औचित्य माथि प्रश्नचिन्ह खडागर्ने गरी शिक्षा ऐनको संशोधन गरेर सरकारले दोहोरो चरित्र प्रदर्शन गरेको विद्यार्थी नेताहरुको आरोप छ ।

अनिश्चितकालिन शैक्षिक बन्दको घोषणा

यसैबीच शिक्षा ऐनको नवौँ संशोधनको विरोधमा बिद्यार्थी संगठनहरुले अनिश्चितकालिन शैक्षिक बन्दको घोषणा गरेका छन् । अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी) र नेविसंघले संयुक्त विज्ञप्ती जारी गर्दै आगामि चैत्र १७ गतेदेखि अनिश्चितकालिन शैक्षिक बन्दको घोषणा गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!