धरान, १६ चैत्र । वीपी कोर्इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको भ्रष्टाचारको छानविन हुनुपर्ने माग गरिएको छ । १ नंं. प्रदेश सभाको बैठकमा प्रतिष्ठानमा भएका भ्रष्टाचारको छानविन हुनुपर्ने माग उठेको हो । सभाको बैठकमा प्रदेशसभा सांसद उमिता विश्वकर्माले वीपी प्रतिष्ठान भित्र भएका सम्पूर्ण भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताएकी हुन् ।

Advertisement

संसदको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सुनसरी क्षेत्र नं १ की सांसद विश्वकर्माले प्रतिष्ठानमा भर्इरहेको भ्रष्टाचार, कर्मचारी नियुक्ति र पदाधिकारी नियुक्तिमा ब्यापक चलखेल हुने गरेको भन्दै प्रतिष्ठान भित्र हुने सबै खाले भ्रष्टाचार र बेथितिको अन्त्य हुनुपर्ने माग गरिन् । ‘वीपी कोर्इराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका भ्रष्टाचार, पदाधिकारी नियुक्ति र कर्मचारी नियुक्तिमा हुने सबै खाले भ्रष्टाचारको अन्त्य हुनुपर्छ । यसका लागि प्रदेश संसदले पनि खबरदारी गर्न जरूरी छ ।’ प्रदेश संसद सदस्य विश्वकर्माले भनिन् ।

विश्वकर्माले धरानमा भईरहेको खानेपानी ट्यांकी निर्माणको विषयमा सरकारको ध्यानाकषर्ण गराउँदै विजयपुर दरवार क्षेत्रमा बनाउन लागेको ट्याँकी अन्यत्र निर्माण गरेर दरवारको संरक्षण गर्नु पर्ने बतार्इन् ।

बैठकमा मोरङ क्षेत्र नं ३ का सांसद राजकुमार ओझाले पूर्वाञ्चल विश्व विद्यालयलार्इ मोरङको गोठगाउँमा माग गरेका थिए । यस्तै मोरङका सुयर्मा राईले आफ्नो क्षेत्रमा भएको सुकुम्वासी समस्या समाधान गर्न माग गरे । ताप्लेजुङका प्रतामप्रकाश हाङगामले आफ्नो क्षेत्रको बाटोको समस्या र तमोरमा बन्दै गरेको पुलका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

कमिसन माग्दै वीपी प्रतिष्ठानका उपकूलपति

१ वर्ष अघि प्रतिष्ठानमा उपकूलपति नियुक्त भएर आएका डा. राजकुमार रौनियार, अस्पताल निर्देशक डा. गौरीशंकर शाहले चरम रूपमा पदिय दुरूपयोग गर्दै आएका छन् । उपकूलपति नियुक्तिमा विभिन्न शक्ति केन्द्रमा १४ करोड बढि बुझाएका डा. राजकुमार रौनियारले त्यो रकम अदार्इ गर्न प्रतिष्ठानमा काम गर्ने मेडिकल सप्लायर्स, विभिन्न भवन निर्माण गर्दै आएका ठेकेदारबाट उठाउने गरेका छन् ।

दुर्इसाता अघि प्रतिष्ठानमा कसैलार्इ थाहै नदिर्इ विदेश भ्रमणमा निस्किएका डा.रौनियारले केहि सप्लायर्स र ठेकेदारलार्इ दिन बाँकी रकम रोक्का गरेर पहिला आफुलार्इ कमिसन दिन भनेको स्रोतको दावि छ । प्रतिष्ठानको आर्थिक तथा कर्मचारी प्रशासन हेर्ने रजिष्ट्रारलार्इ उपकुलपतिले अधिकार विहिन बनाएका छन् । उनले रजिष्ट्रारमा निहित धेरै अधिकार आफुमा प्रत्यायोजन गरेरै भ्रष्टाचार गर्दै आएका छन् ।

प्रतिष्ठान स्रोतले दिएको जानकारी डा. रौनियारले प्रतिष्ठानमा भवन सम्बन्धी काम गर्ने श्यामसुन्दर निर्माण सेवाका ठेकेदार शुशिल झालार्इ भुक्तान गर्न बाँकी रकम दिन आनाकानी गरेका छन् । झाले उपकूलपतिलार्इ काम सकिइसकेको भन्दै बारम्बार भुक्तानी गर्न भनेपनि रौनियारले आलटाल गर्दै आएका छन् । श्याम सुन्दरले प्रतिष्ठानमा होस्टल विल्डिङ र फार्मेसी विल्डिङ बनाएको करिब अढार्इ करोड लिन बाँकी छ ।

यसै गरी एकता निर्माण सेवाले एकेडेमिक भवनको छानामा ट्रष्ट लगाएको करिब २७ लाख भुक्तानी पाएको छैन । ठेकेदारले बारम्बार उपकूलपतिलार्इ काम सकिएको भन्दै भुक्तानी गर्न भनेपनि डा. रौनियारले दिएका छैनन् । स्रोतले दिएको जानकारी अनुसार रौनियारले एकता निर्माण सेवाका ठेकेदारलार्इ कमिसन नदिए भुक्तान नगर्ने भनेका छन् ।

यसैगरी प्रतिष्ठानमा निर्माणाधिन एमसिएच भवन निर्माणको भुक्तानी पनि दिर्इएको छैन। प्रतिष्ठानले एमसिएच भवन निर्माण गर्ने शर्माररसुवालार्इ २०२२ करोड भुक्तान गर्न बाँकी छ ।

प्रतिष्ठानले फार्मेसी सञ्चालन गर्ने भनेर डेढ बर्षदेखि काम गरेको थियो । प्रतिष्ठान हाता भित्रको लार्इफ केयर मेडिकल हल खाली गरार्इसकिएको छ । भने, फार्मेसी सञ्चालनकै लागि भनेर विभिन्न मेडिकल सप्लायर्सबाट करोडौंका औषधि समेत खरिद गरिसकिएको छ तर, अहिलेसम्म फार्मेसी सञ्चालन गर्न सकेको छैन ।

फार्मेसीकै लागि केटीएम सेक्युरिटीबाट फार्मेष्टहरू ल्याउने सम्झौता गरिएको छ । एक वर्षदेखि केटिएमले ति फार्मेष्टहरूलार्इ तलब खुवाएर राखेको भन्दै ती फार्मेष्टहरूको तलब प्रतिष्ठानले दिनुपर्ने दवाव दिँँदै आएको छ ।

त्यसका लागि केटिएमका सञ्चालक रामेश्वर शाहले डा. रौनियारलार्इ दवाव दिँदै आएका छन् । खरिद गरिएका औषधीहरू मध्ये आधा औषधीको डेट एक्सपायर भर्इसकेको स्रोतको दावि छ । ती औषधीहरू प्रतिष्ठानको स्टोर शाखामा थन्किएका छन् ।

प्रतिष्ठानको आन्तरिक स्रोतबाट निर्माण भएका काममा समेत भुक्तानी नदिर्इएको प्रतिष्ठान स्रोतको दावि छ ।  प्रतिष्ठानले कुनकुन कामको कुनकुन ठेकेदारलार्इ के कति भुक्तानी गर्न बाँकी छ रु भनेर प्रतिष्ठानकी आर्थिक सल्लाहकार रूपा सिंघाची अग्रवाललार्इ सम्पर्क गर्दा उनले आफुलार्इ थाहा नभएको बतार्इन् ।

उनले ‘हिसाब किताब हेर्ने हो भने, प्रतिष्ठानमै आउनु फोनमा हैन’ भनिन् । ठेकेदार झाले पनि आफुले प्रतिष्ठानबाट पैसा नपाएको बताए । उनले धेरै पल्ट ताकेता गरेपनि उपकूलपतिले आलटाल गरेर भुक्तानी नदिएको बताए । ‘पैसा लिनु त छ, पाएको छैन ।’ उनले भने । उपकूलपतिले कमिसन मागेको हो रु भन्ने प्रश्नमा केहि जवाफ दिएनन् ।

यता प्रतिष्ठानमा विभिन्न मेडिकल उपकरण सप्लार्इ गर्दै आएका एक सप्लायर्सले आफुले रकम भुक्तानीका लागि बारम्बार ताकेता गर्दा पनि भुक्तानी नपाएको बताए । ‘मेरो करोडौं रकम फ्रिज गरिदिएको छ, छिटो गर्देउ भनेर ताकेता गर्यो, आज हुन्छ, भोली हुन्छ भनेर टारेको टारै छ ।’ एक मेडिकल सप्लायर्सले भने । सप्लायर्सले रकम भुक्तानी गर्न भन्दा उपकूलपतिले भोली अर्को काम गर्न मन छैन रु किन हतार रु भन्दै थर्काउने गरेका छन् ।

मन्त्री ढुक्दै रौनियार

प्रतिष्ठानलार्इ अनिर्णयको बन्दि बनाउँदै यतिबेला उपकुलपति डा. रौनियार राजधानीमा छन् । उनी आफुले गरेका भ्रष्टाचार ढाकछोप गर्न विभिन्न शक्ति केन्द्रमा धाउँन ब्यस्त छन् । यसका लागि डा. रौनियार रानधानीमा बसेर नेकपा एमालेका केहि प्रभावशाली नेताहरूलार्इ हार गुहार गर्दैछन् ।

गत साता राजधानी आएका रौनियारले नेकपा एमाले तथा माओवादी केन्द्रका केहि पूर्वेली नेताहरूलार्इ आफुलार्इ जोगार्इ दिन हार गुहार गरेका छन् । यसका लागि उनले नेकपा एमालेका पर्शुराम बस्नेत, महेश बस्नेतसम्मलार्इ भेट गरिसकेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भेट्न उनले बारम्बार कोशिष गरिरहेका छन् ।

पूर्व स्वास्थ्य मन्त्री दीपक बोहराले प्रतिष्ठानमा भएका विभिन्न अनियमितता छानविन गर्न तत्कालिन स्वास्थ्य सचिब डा. किरण रेग्मीको संयोजकत्वमा छानविन समिति बनाएरै समितिको प्रतिवेदनका आधारमा उपकूलपतिलार्इ कारवाही गर्न तथा पदच्युत गर्न भनेको छ । तत्कालिन मन्त्री बोहराले तत्कालिन प्रधानमन्त्री शेर वहादुर देउवालार्इ पत्र लेखि निलम्बन र कारवाहीको सिफारिस गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!