ईश्वर थापा/संगालोखबर

धनकुटा, १६ चैत । धनकुटामा पत्रकारहरुवीच अनुभव साटासाट गरी पत्रकार महासंघको ६३ औं स्थापना दिवस मनाइएको छ । पत्रकार महासंघ जिल्ला शाखाले स्थापना दिवसको अवसर पारेर एक अर्कावीच अनुभव आदानप्रदान गर्ने अवसर मिलाएको हो ।

Advertisement

कार्यक्रममा पत्रकारहरुले लेटर प्रेस, हाते लेखन, फ्याक्सदेखि आधुनिक प्रविधीसग काम गरेको अनुभव सुनाए । उनीहरुले पत्रकारिता पेशालाई जनताप्रति उत्तरदायी बनाउँनुपर्ने आवश्यकता पनि औल्याए ।

राम्रो काम गर्नेकालागि पत्रकारितामा भरपुर सम्भावना भएकाले पेशाप्रति आकर्षण बढ्दै गएको उनीहरुको ठम्याई छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र राई, संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, पूर्व अध्यक्ष विजय सन्तोषी राई, निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, अग्रज पत्रकार मोहन ढुङ्गेल, सल्लाकार भेषराज कटेल, प्रेस चौतारी अध्यक्ष सन्तोष रुचाल, प्रेस युनियन अध्यक्ष यानिन्द्र तिगेला लगायतले स्थापना दिवसको शुभकामना आदानप्रदान गरेका थिए ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!