उर्लाबारी, मोरङ, १४ चैत ।  दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ना ४ ख ८३५७ नं.को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको मे ९ प ७६१७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई–४ झुर्कियाका सन्तोष ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीले जानकारी दिनुभयो ।

Advertisement

मोटरसाइकलको पछाडि सवार झापा बिर्तामोड–८ का सन्तोष राजवंंशी भने गम्भीर घाइते हुनुभएको छ । यस्तै सुन्दरहरैंचा नगरपालिका–५ स्थित डिपु–केराबारी सडकखण्डमा को २ त ४३४२ नंको ट्रयाक्टरबाट लडेर बेलबारी नगरपालिका–६ बाहुनीका सन्तोष ऋषिदेवको मृत्यु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!