काठमाडौं, १३ चैत। मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता मिति ०७४ चैत १२ सम्म रहेकोमा निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको गोरखापत्रमा समाचार छ ।

समितिले ७९ दिन थपिदिएर सुरुङ सम्पन्न गर्ने म्याद २०७५ जेठ ३१ पुर्‍याएको छ ।

Advertisement

सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसकेपछि समितिले यसरी पटकपटक म्याद थपिदिने गरेको छ । निर्माण कम्पनी सीएमसी डी–रेभेना इटलीको लापरबाहीका कारण फेब्रुअरी र मार्चमा मात्रै दुई हप्ता काम ठप्प भएको थियो ।

निर्माण कम्पनीले मजदुरहरूलाई ज्याला नदिएका कारण गत फागुन १६ देखि पाँच दिन काम ठम्म भइको थियो ।

फागुन ३० देखि चैत ४ सम्म कम्पनीले डिजेल नकिनेका कारण काम रोकिएको थियो । निर्माण कम्पनीको लापरशाहीका बारे मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूबोल्न चाहँदैनन् ।

पटक-पटक समय थप गर्नुका कारण पनि उनीहरूले सार्वजनिक गरेका छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!