संगालोखबर सम्वाददाता

लेटाङ, ६ चैत । बृद्धबृद्धालाई लक्षित गरी मोरङको लेटाङ नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा जेष्ठ नागरिक एकता समन्वय केन्द्रले शिविर आयोजना गरेको हो ।

स्थानीय लेटाङ माध्यमिक बिद्यालय परिषरमा भएको शिविरबाट १ हजार १ सय ५५ जना विरामीले निःशुल्क उपचार पाएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरबाट अधिकांस जेष्ठ नागरिकले उपचार सेवा पाएका छन् ।

Advertisement

बालबालिका र युवायुवती पनि उल्लेख्य संख्यामा उपचारका लागि शिविरमा आएका थिए । विरामीको उपचारकालागि नोबेल अस्पतालबाट बिशेषज्ञ डाक्टरहरुसहित २६ जनाको टोली शिविरमा आएको थियो ।

शिविरमा उपचारकालागि आएका बृद्धबृद्धाहरु ।

शिविरमा दम र छातीको रोग भएका बृद्धबृद्धा उपचारका लागि धेरै आएको आयोजकले जनाएको छ । शिविरमा ईसीजी, ल्याव टेस्ट र भिडियो एक्सरे पनि निःशुल्क गरिएको थियो । निःशुल्क उपचार पाएपछि बृद्धबृद्धाले खुःशी ब्यक्त गरेका छन् ।

नोबेल अस्पतालले विपन्न र असाहयलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । नोबेलमा आएका विपन्न विरामीलाई अवस्था मुल्यांकन गरी लाखौं मुख्य वरावरको उपचार पनि निःशुल्क गर्ने गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!