इटहरी, ६ चैत। सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ ।

आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी प्रयोगका लागि गाडिएको चापाकलसमेतले काम गर्न नसक्ने भएपछि अग्नि पीडित परिवारले स्वच्छ पिउने पानी नपाएको पीडित देवनारायण चौधरीले जानकारी दिनुभयो ।

आगलागीमा परी मरेका थुप्रै बाख्रा पाठा र गाई गोरुको व्यवस्थापन नगर्दा दुर्गन्ध फैलन थालेकाले हैजाको संक्रमण फैलन सक्ने खतरा बढेको अर्का अग्निपीडित हरिलाल सरदारको गुनासो थियो ।

अग्निपीडित क्षेत्रका सबै घरका मानिसले लगाएको लत्ताकपडाबाहेक केही पनि नबचेकाले तत्काल बालबालिकाको पठनपाठनका लागि अझै कहीँबाट राहत उपलब्ध हुन नसकेको अर्का पीडित गोपी यादवले बताउनुभयो ।

तरुण दल– आधारभूत राहत विरतण 

नेपाल तरुण दल जिल्ला शाखाले बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा भएको आगलागी पीडित परिवारलाई सोमबार खाद्यान्न लत्ताकपडा र त्रिपाल वितरण गरेको छ ।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ र उपाध्यक्ष सन्तोष विकको नेतृत्वमा गएको राहत वितरण टोलीले अग्निपीडित ४९ घर परिवारलाई त्रिपाल खाद्यान सामग्री चाउचाउलगायत प्रतिपरिवार रु ११ हजार बराबरको सामग्री उपलब्ध गराइएको जिल्ला अध्यक्ष सिजन गुरुङले जानकारी दिनुभयो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!