देबराज राई/संगालोखबर

उदयपुर, ४ चैत । देशका युवाहरुप्रति सामाजिक उतरदायित्व अभिबृद्धि गराउने उद्देश्यले ‘दारी ग्याङ नेपाल’ स्थापना भएको छ । केन्द्रिय संस्थापक सदस्यद्वोय जगदिश भण्डारी तथा बिक्रम आदित्य लामिछानेको उपस्थितीमा माधव बाँनीयाको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ जिल्ला कमिटि गठन भएको हो ।

Advertisement

समिति उपाध्यक्ष योगराज सुबेदी रहेका छन् भने सचिवको जिम्मेवारी रोशन श्रेष्ठलाई तोकिएको छ । नवगठित समितिले तत्काल स्थानीय सामाजिक समस्याहरुको पहिचान गरी युवा जनशक्ति नैतिक तथा भौतिक रुपमा परिचालन गर्ने योजना रहेको सचिव रोशन श्रेष्ठले बताए ।

शुरुवातमा राजधानी बसोबास गर्ने दारी पालेका युवाहरुको सक्रिय एक समूहले फेसबुक, म्यासेन्जरलगायतका सामाजिक सञ्जालबाट युवा एकताका लागि ‘दारी ग्याङ’ नाम दिइएको थियो । सामाजिक सञ्जालको एकताले सरल रुप लिदै सामाजिक कार्यमा संलग्न हुने निर्णय गरेसँगै देशव्यापी युवाहरु समेट्न थालिएको संस्थापक सदस्य जगदिश भण्डारीले बताए । शुरुवाती चरणमा रमाईलो र साथीसंगत भेटघाटका लागि प्रयोगमा आएको यो समूह सामाजिक चेतनासँगै सेवाको भावनाले सञ्चालनमा आएको अर्का संस्थापक सदस्य बिक्रम आदित्य लामिछानेको भनाई छ ।

त्यस्तै दारी पालेका व्यक्तिहरुप्रति समाजले हेर्ने गलत दृष्टीकोणलाई परिवर्तन गर्न पनि आफूहरुले सामाजिक उद्दारतालाई मुख्य प्राथमिकता दिदै आएको नवगठित उदयपुर दारी ग्याङ नेपालका अध्यक्ष माधव बाँनीयाले बताए । दारी ग्याङ नेपाल २०७२ साल फागुन ६ गते स्थापना भएको थियो । समूहको नाम दारी ग्याङ भनिए पनि दारी नभएका सामाजिक अगुवा युवाहरुलाई समेत संलग्न गराउन सकिने बताइएको छ ।

दारी ग्याङ नेपालले स्थापनाकालको दुईवर्ष अवधिमा बिभिन्न प्राकृतिक प्रकोप र महामारीलगायतबाट प्रभाबित क्षेत्रमा समेत उद्दार तथा राहतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘गालामा दारी, काँधमा जिम्मेदारी’ भन्ने नारासँगै उदयपुर सदरमुकाम गाईघाटस्थित स्थानीय पर्यटकीय स्थल श्रमिकपार्कमा भएको भेलाले समिति चयन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!