नरेन्द्र कश्चित

धनकुटा ४ चैत । आनन्द सन्तोषी राईद्वारा लिखित जनतन्त्रको १० औ संस्करणको पुस्तक लोकापर्ण गरिएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य र नेपाल बार एसोसिएसन धनकुटाका अध्यक्षसमेत रहेका राईको पुस्तक लोकार्पण गरिएको हो ।

Advertisement

धनकुटाको सुरभी होटलमा एक कार्यक्रम गरी पुस्तकको लोकापर्ण गरिएको छ । संविधान सभाका पूर्व माननीय दुर्गा लिङखाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रा.डा गोपालबहादुर भट्राई, प्राध्यापक विश्वप्रकास श्रेष्ठ, जनार्दन घिमिरे लगायतले पुस्तकको बिषयमा टिप्पणी गरेका थिए । उनीहरुले जनतन्त्रको बिषयमा बुझनकालागि पुस्तक महत्वपूर्ण रहेको बताए ।

१० औ संस्करणसम्म पुस्तक निरन्तर प्रकाशन गर्न सफल भएकोमा राईलाई शुभकामना पनि दिए । कार्यक्रममा लेखक राईले नेपालको राजनीतिक दृश्यमा भएका विभिन्न राजनीतिक घटनालाई पुस्तकमा समाबेश गरेको जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!