काठमाडौं, २ चैत । कान्तिपुर दैनिकले पराजुलीले पदबाट राजीनामा दिए पनि उनीमाथि भ्रष्टाचार मुद्दा लाग्नसक्ने समाचार लेखेको छ ।

निवर्तमान प्रधानन्याधीश गोपालप्रसाद पराजुलीले आफू न्यायपरिषद्बाट पदमुक्त भएपछि साँझसम्म पनि त्यसलाई चुनौति दिँदै बिहीबारको पेसी आफैँले तोक्ने दाबी गरिहेका थिए, तर जब बिहानै सर्बोच्च प्रशासनले कायममुकायम प्रधानन्याधीश दीपकराज जोशीलाई पेसी तोक्न सघायो र सर्बोच्चको वेबसाइमा पराजुलीको फोटो हटायो, तब दिउँसो उनले राष्ट्रपपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा दिए ।

पराजुली बिदामा बस्न समेत नमानेकाले सर्बोच्चका न्यायाधीशै विवादित भएको परिदृष्यमा पदबाट हटाएपछि एकाएक उनले किन राजिनामा दिए जबकी त्यसको जरुरतै थिएन ।

कानुनविद्हरु भन्छन्- आफूमाथि लाग्न सक्ने सम्भावित मुद्दाबाट जोगिन। श्रोतका अनुसार केही पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्ता, पूर्वमहान्याधिवक्ता तथा केही पूर्वसांसदले पराजुलीलाई ‘के गर्दा सबभन्दा उपयुक्त हुन्छ’ भन्ने सल्लाह सुझाएपछि सोहीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसैअनुसार अघि बढ्न संकेत गर्दै अटेर गरे महाअभियोग लाग्न सक्ने जनाउ दिएका थिए ।

महाअभियोगबाट गुजि्रए संविधानको प्रावधानअनुसार सीधै भ्रष्टाचार मुद्दामा पनि तानिन सक्ने भएकाले त्यसबाट पनि जोगिन झिनो प्रयासमा उनले हठात् राजिनामा गरेका हुन् ।

कान्तिपुरले अधिवक्ता लेखनाथ भट्टराईलाई उद्धृत गर्दै लेखेको छ, ‘तर पनि कानुनतः उहाँलाई भ्रष्टाचार मुद्दा सीधै लाग्छ । यो अवस्थामा अब भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ अनुसार उहाँ सजायको भागिदार हुनुहुन्छ ।’

आफूले पाउनेभन्दा ७ महिना ९ दिन बढी पदमा बस्नु नै भ्रष्टाचार भएको पुष्टि हुने कान्तिपुरले लेखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!