गाईघाट, उदयपुर, २८ फागुन । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार गरेर एक हजार ३८ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् ।

फगुन २५ गतेदेखि भुल्केस्थित नेपाली सेनाको क्याम्पमा २७ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा विभिन्न रोग हाडजोर्नी, आँखा, ग्यास्ट्रिक, प्रेसर, मानसिक रोग, पिसाब पोल्ने भुँडी दुख्ने पायल्सलगायतका रोगसँग आबद्ध रोगीको स्वास्थ्य परीक्षणसहित उपचार गरिएको १८ नम्बर बाहिनी नेपाली सेना भुल्केले बताएको छ ।

उपचारका क्रममा नेपाली सेना शेर दल गण खोटाङ, अमर दल गुल्म सोलुखुम्बु, शमशेर दल गण ओखलढुंगा तथा सार्दुल गण उदयपुर गाईघाटलगायत आबद्ध भूपू तथा बहालवाला सेना र तिनका परिवार तथा आफन्तको उपचार गरिएको १८ नम्बर बाहिनी भुल्केका क्याप्टेन तथा उपचारमा संलग्न डा प्रह्लाद मेहताले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!