उर्लाबारी, मोरङ, २७ फागुन । बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति  २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार ती रोगबाट पीडितको खोजी तथा प्रतिवेदन संकलन भइरहेको छ । अहिलेसम्म ११ पीडितको विवरण आइसकेको र आउने क्रम जारी छ । नगर कार्यकालिकाको सो निर्णयपछि विपन्न रोगीलाई उपचारमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो ।

रोग लागेको अस्पताल तथा चिकित्सकले प्रमाणित गरेपछि नगरपालिकाले उक्त रकम उपलब्ध गराउने उपप्रमुख पराजुलीले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!