काठमाडौं, २७ फागुन । संसदीय अभ्यासमा सरकारका कामकारवाहीको निगरानी राख्न प्रमुख प्रतिपक्षी बलियो हुनुपर्छ भन्ने मान्यता छ । तर, प्रमुख प्रतिपक्ष कांग्रेसको पक्षमा एक चौथाइ सांसद पनि देखिएका छैनन् । यस्तो अवस्थामा सरकारको स्वेच्छाचारिता बढ्नसक्ने कांग्रेसले आंशका गरेको समाचार कान्तिपुर दैनिकमा छ ।

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले कान्तिपुरसँग भनेका छन्, ‘सरकारले दुई तिहाइभन्दा बढी समर्थन पाउने खुसीको कुरा होला, तर त्यसको आडमा बलमिच्याइँ गर्ने, पेल्ने, नियम बिगारेर अघि बढ्ने काम हुनसक्छ ।’

स्वतन्त्र न्यायपालिका र संवैधानिक अंगका पदाधिकारीलाई मानसिक रुपमा त्रसित बनाउने काम भइरहेको दावी पनि उनले गरेका छन् । सार्वभौम संसदले त्यसलाई रोक्नुपर्ने धारणा राख्दै डा. रिजालले कान्तिपुरसँग भनेका छन्, ‘कार्यकारिणीको स्वेच्छातारिकताबाट न्यायालय र संवैधानिक अंगलाई बचाउने काम संसदले गर्नुपर्छ । त्यसमा पनि सभामुखको मुख्य भूमिका हुने भएकाले हामीले उम्मेदवारीसमेत दिएनौं ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!