काठमाडौँ,२६ फागुन । मुलुकको अधिकांश भागमा गरिबी र भोकमरीका कारकका रुपमा ठूलो परिवार र रोजगारको अवसर कम हुनुलाई लिइन्छ । तर इलाम नगरपालिकाले भने अन्य नगरपालिकाभन्दा पृथक रणनीति तय गरेको छ ।

राजधानी दैनिक लेख्छ– जनसंख्या वृद्धिदर घटेको भन्दै नगरपालिकाले जति बढी सन्तान जन्मायो उति नै बढी भत्ता दिने निर्णय गरेको छ ।

Advertisement

बसाइँ सराइ, व्यस्त जीवनशैली र सुविधाभोगी चरित्रका कारण जनसंख्या वृद्धिद्धर घटेको निष्कर्षसहित नगरपालिकाले धेरै बच्चा जन्माउन प्रोत्साहन गर्ने रणनीति अघि सारेको हो ।

नगरपालिकाले विगतमा सुत्केरीलाई दिने पोषण सुविधालाई परिवर्तन गर्दै आगामी १ चैतबाट लागू हुने गरी सुत्केरी सेवामा वृद्धि गरेको समाचारमा उल्लेख छ । नगरपालिकाले दुईवटासम्म बच्चा हुनेलाई २ हजार, ३ वटा बच्चा हुनेलाई ३ हजार, पाँचवटा र सोभन्दा बढी बच्चा हुनेलाई ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाको शुक्रबार बसेको बैठकले प्रत्येक बच्चा जन्मिँदा सुत्केरी महिलाका पतिलाई १५ दिन बिदा दिने निर्णय पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!