काठमाडौं, २३ फागुन। भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एअरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ। नेपाल एयरलाइन्सका कर्मचारीहरू विजय अधिकारी, घनश्याम चौधरी र हरि साहु सुनारलाई निलम्बन गरिएको हो।

नेपाल एअरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउने प्रकरणमा संलग्न आफ्ना तीन कर्मचारी निलम्बनमा परेको पुष्टि गरे।

Advertisement

नेपाल एअरलाइन्सका कर्मचारीहरूको मिलेमतो र आर्थिक सेटिङमा भारतीयलाई प्रस्थान अनुमति दिने विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नइन्द्रकुमार पौडेललाई समेत अध्यागमन विभागले फिर्ता बोलाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा  छ ।

पौडेलको अध्यागमनका अन्य कर्मचारीहरूसँगको कनेक्सनबारे समेत अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।

पौडेलले केही दिनअघि मात्र पनि सेटिङ गरेर भारतीय महिलाहरूलाई हङकङ पठाएका थिए। हङकङले भारतीय नागरिकलाई अनअराइभल भिसा दिने गरेको र त्यसको फाइदा उठाउँदै भारतीय महिलाहरू कामका लागि नेपालको हवाई मार्ग हुँदै हङकङ जाने क्रम बढको छ।

नेपालबाट कुनै पनि मुलुक जान भारतीय नागरिकलाई नेपालस्थित भारतीय दूतावासले जारी गरेको ‘नो अब्जेक्सन लेटर’ अनिवार्य चाहिने भए पनि मानव तस्करहरूको सञ्जालले नेपालका एयरलाइन्स, प्रहरी र अध्यागमननमा सजिलै सेटिङ गर्न सक्ने भएकाले भारतीयहरू नेपाल हुँदै अवैध ढंगले हङकङ जाने क्रम बढेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!