नयाँ पत्रिका

काठमाडौं, २३ फागुन । राष्ट्रपतिमा वाम गठबन्धनले विद्या भण्डारीलाई उम्मेदवार बनाए प्रमुख प्रतिपक्षी कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ । यस विषयमा छलफल गर्न कांग्रेसले बुधबार बिहान केन्द्रीय समिति बैठक बोलाएको छ ।

‘हामी वाम गठबन्धनको उम्मेदवार हेरेर राष्ट्रपतिमा उम्मेदवारी दिने वा नदिने भन्ने टुंगो लगाउँछौँ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘गठबन्धनले विद्या भण्डारीलाई उम्मेदवार बनाए हामी पनि उम्मेदवार खडा गर्छौं । अरू उम्मेदवार बनाइए हामी उम्मेदवारी नदिन पनि सक्छौँ । तर, अन्तिम टुंगो केन्द्रीय समितिले नै लगाउँछ ।’

Advertisement

भण्डारीविरुद्ध किन लाग्दै छ कांग्रेस ?
शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभामा सिफारिस गरेको तीनजनाको नाम अनुमोदन नगरेपछि राष्ट्रपति विद्या भण्डारीप्रति कांग्रेस असन्तुष्ट छ । तत्कालीन प्रधानमन्त्री देउवाले सिफारिस गरेको नाम अनुमोदन नगरी वर्तमान सरकारले सिफारिस गरेको नाम अनुमोदन गरेपछि कांग्रेस भण्डारीप्रति असन्तुष्ट छ ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को ?
कांग्रेसबाट समानुपातिकबाट सांसद बनेका मानबहादुर विश्वकर्मा वा भोजपुरकी लक्ष्मी राईमध्ये एकजना राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना छ । प्रवक्ता शर्माले उम्मेदवारी दिँदा विश्वकर्मा वा राईमध्ये एक हुने प्रस्ट्याए । ‘हामीले उम्मेदवारी दिने निर्णय गर्‍यौँ भने विश्वकर्मा वा राईमध्ये एकलाई तोक्छौँ,’ शर्माले भने । अर्घाखाँचीका विश्वकर्मा इमान्दार नेताका रूपमा परिचित छन् । भोजपुरकी राई बिपी कोइरालाको मन्त्रिपरिषद् सदस्य दिवानसिंह राईकी छोरी हुन् । शर्माका अनुसार सभामुखमा भने कांग्रेसले उम्मेदवारी नदिने मनस्थिति बनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!