विराटनगर, २२ फागुन । खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी छोडेकामा आवश्यक कानुनी कारबाही र उपचारको व्यवस्था गर्न पीडितले आज यहाँ माग गरेका छन् ।

जहदा गाउँपालिका–४ बस्ने वुवा ३५ वर्षीय रामेश्वर महतो र छोरा २० वर्षीय सञ्जय महतोले आज यहाँ पत्रकार सम्मेलन गरी सोही स्थानमा मदिरा पसल सञ्चालन गरी बस्ने राजनन्दन यादव भन्ने भट्टा यादवले यही फागुन १८ गते साँझ एक्कासि खुकुरी प्रहार र लट्ठृीले कुटपिट गर्नाका साथै श्रीमती र बहिनीलाई कुटपिट गरेको आरोप लगाएका छन् ।

Advertisement

निजहरुले कुटपिट गर्ने भट्टा यादवलाई प्रहरी कार्यालय हाटखोलाले सोही दिन पक्राउ गरी अर्को दिन छोडेकामा आपत्ति जनाउँदै यादवलाई कारबाही र आफूहरुको औषधि उपचार खर्च उपलब्ध गराउनुपर्ने माग गरेका छन् । घाइते सञ्जय महतोको टाउकामा तीन वटा टाँका लाग्नाका साथै हातमा चोट लागेकोले स्थानीय कोशी अञ्चल अस्पतालमा उपचार गराएको बताएका छन् । महतोद्वय दैनिकी मजदुरी ज्यालामा काम गर्ने कामदार हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!