काठमाडौं, २० फागुन । नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेको पाइएको छ । कारोबार दैनिकका अनुसार संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँमा बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो ।

बंगालादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जारकोटबाट ९ सय ८० रुपैयाँमा बिक्री गरेका हुन् ।

Advertisement

चालू आवको कोटास्वरुप गएको ६ सय ९९ क्विन्टल ८० केजीमध्ये सबैजसो बीच बाटोमै बिक्री भइसकेकाले अहिले डिपो रित्तै छ ।

‘ठेकेदारसँगको मिलेमतोमा पचालझरना जारकोटका स्थानीय व्यापारी वसन्त शाहीले जाजरकोट बजारमा चामल बिक्री गर्दै आएका छन्’, कारोबार दैनिकले लेखेको छ, ‘उनलाई विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले बिक्रीको जिम्मा दिएका हुन् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!