इटहरी, ६ फागुन । साहित्य, सङ्गीत एवम् कलाका क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएवापत दुई जना साहित्यकारलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा सुनसरीका अग्रज साहित्यकार एवम् कवि बम देवान र सङ्गीत साधना प्रतिष्ठानका पूर्व अध्यक्ष एवम् कलाकार मणि गुरुङ रहेका छन् ।

Advertisement

धरणीधर साहित्य प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँहरुलाई जनही  २० हजार नगदसहित सम्मान गरिएको हो ।

सो अवसरमा पूर्वमन्त्री रामकुमार सुब्बाले स्व साहित्यकार धरणीधर दाहाल इटहरी र यस क्षेत्रका अनुकरणीय साहित्यकर्मी एवम् समाज सुधारक भएकाले उहाँको जीवनबाट हामीले धेरै कुरा सिक्नुपर्ने भन्नुभयो ।

इटहरी साहित्यिक समूहका अध्यक्ष कृष्णविनोद लम्सालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा साहित्यकार लेखनाथ घिमिरे, कवि बम देवान, मणिराज गुरुङ, कृष्ण अधिकारी, साहित्यकार जीबी लुगुनलगायतले साहित्यका विविध विद्यामाथि प्रकाश पार्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!