सल्लेरी, सोलुखुम्बु, ४ फागुन ।  खुम्बु पासाङल्हामु गाउँपालिका–३ को एउटा घरमा आगलागी हुँदा नजिकैको जंगलसम्म फैलिएको छ ।

जंगलमा फैलिएको आगो अझै नियन्त्रण बाहिर रहेकोे छ । बिहिबार दिउँसो स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी भएको थियो । आगो घरनजिकै रहेको ठाडोकोशी रेडपाण्डा समुदायिक बनमा सल्किएको थियो ।

Advertisement

उक्त आगो अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा फैलिएको लुक्ला सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो । घरमा लागेको आगो नियन्त्रणमा आए पनि त्यहाँबाट जंगलमा सल्किएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । अहिले स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी तथा पैदलयात्रीले आगो निभाइरहेका छन् ।

“आगलागीले बस्ती भेट्ने सम्भावना कम भए पनि जंगलमा क्षति पु¥याएको छ,” सेवा केन्द्रका अध्यक्ष शेर्पाले भन्नुभयो ।

ठाडो कोशीमा लागेको आगो तीन घण्टाको दूरीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको जोर सल्लेसम्म फैलिएको प्रहरी नायब निरीक्षक यादव केसीले बताउनुभयो । उहाँले भन्नुभयो– “नियन्त्रण गर्ने साधन नहुँदा समस्या भएको छ ।” आगलागीबाट शेर्पाको घरमा रहेको सबै सामग्री जलेर नष्ट हुँदा करिब रु डेढ करोड बराबरको क्षति भएको उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!