मंगलबारे, इलाम, ३ फागुन ।  जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

Advertisement

भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो ।

विसं २०७२/७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ ।

पहिलो चरणअन्तर्गत निर्मित भवनमा साना–ठूला गरी २२ वटा कोठा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामको नव निर्मित भवन । तस्वीर: रासस, इलाम

यसको अनुमानित लागत रु चार करोड ५१ लाख ४७ हजार ६१८ रहेको इलामका प्रहरी प्रमुख विपिनकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

दोस्रो चरणमा रु चार करोड पाँच लाख ९० हजार ८३९ को लागतमा भवन निर्माण हुने बताइएको छ । पुराना भवनहरु साना तथा साँघुरा भएका र गत २०७२ सालमा आएको भूकम्पका कारण क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!