काठमाडौं, १ फागुन । विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानूनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्याएको छ ।
शिक्षाको ऐनको नवौं संशोधनसँगै कक्षा एकदेखि बाह्रसम्मको शिक्षा विद्यालय तहमा गाभिएपछि नयाँ पाठ्क्रम निर्माणमा केन्द्र जुटेको हो। । ऐन संशोधन हुनुअघि विद्यालय तहमा एकदेखि तीनसम्म पूर्वप्राथमिक, पाँचसम्म प्राथमिक, आठसम्म निम्नमाध्यमिक, ९ र १० माध्यमिक तथा कक्षा ११ र १२ लाई उच्चमाध्यमिक तहसतिको पाँचवटा संरचना थियो ।
संशोधित ऐनले कक्षा १ देखि आठसम्म आधारभूत र नौदेखि १२ सम्मको शिक्षालाई माध्यमिक भनेको छ ।
संरचना परिवर्तनसँगै पाठ्यक्रम पनि नयाँ बनाउनुपर्ने भएकाले केन्द्रले विज्ञ समूह गठन गरेर नयाँ पाठ्यक्रमको प्रारुप तयार गरेको समाचारअन्नपूर्ण पोस्ट दैनिकमा उल्लेख छ ।