मंगलबारे, इलाम, २४ माघ ।  जिल्ला प्रशासन कार्यालय इलामको कामकाज नयाँ भवनबाट शुरु भएको छ ।

Advertisement

भवनको निर्माण कार्य पूरा भएसँगै आजदेखि नयाँ भवनबाट कामकाज शुरु गरिएको हो ।
विसं २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पुरानो भवन बस्न नहुने गरी क्षति भएसँगै कामकाज प्रभावित भएको थियो । अब भने काम गर्न सहज हुने नागरिकता फाँटका अर्जुनजंग सिंजापतिले जानकारी दिनुभयो ।

तीन करोड ३० लाखको लागत बनाइएको यो भवनमा निर्माणका केही काम अझै बाँकी रहे पनि बस्न र काम गर्न मिल्ने भएपछि नयाँ भवनबाट काम शुरु गरिएको बताइएको छ ।

दुईतले यो भवनमा ११ कोठा र सुरक्षा गार्ड बस्ने घरसमेत छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!