उदयपुर, १७ माघ । जिल्लाको सदरमुकाम गाईघाटका ३ वटा पसलमा चोरी भएको छ। बुधबार विहान ३ बजेको समयमा गाईघाट हिमालय टोलस्थित व्यस्त बजारमा कुमार घिमिरेको किराना पसल फुटाएर अज्ञात समूहले ७४ हजार ५ सय रुपैंया नगद र केही सामान चोरी लगेको छ।

पसल सञ्चालक घिमिरेका अनुसार पसलमा बिक्रीको पैसा र नेत्रज्योति संघको एम्बुलेन्स सञ्चालनबाट संकलित रकम राखेर घर गएका घिमिरेले विहान पसल खोल्न आउँदा सटरको ताला फुटाएर चोरी भएको थाहा पाएका थिए।

Advertisement

अधिकारकर्मी महेश्वरी राईको घरको भुईतलाको सटरमा रहेको घिमिरेको पसलकै अर्को सटरमा सगरमाथा फोटो स्टुडियोको तला पनि फुटाउन खोजेकोमा त्यो भने फुटाउन नसकेर चोरी हुनबाट बँचेको पसलधनी भोजन श्रेष्ठले बताए।

घिमिरे र श्रेष्ठको पसलभन्दा मुस्किलले २५ मिटर उत्तरमा रहेको अर्को पसल पबित्र सेन्टरमा पनि चोर समूहले ताला फुटाउने प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ। घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

अहिलेसम्म कोही पक्राउ नपरे पनि खोजी कार्य जारी रहेको निमित्त प्रहरी प्रमुख डिएसपी मेघराज अधिकारीले बताए। पीडितको जाहेरीका आधारमा आवश्यक अनुसन्धान सुरु गरेको र बजारमा जडान गरिएको सिसी क्यामेराको फुटेजको आधारमा चोरको खोजतलासी सुरु गरिएको बताएका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!