विराटनगर, १० माघ। मोरङको सुन्दरहरैंचा नगरपालिकाका अलगअलग स्थानमा भएका घटनामा परेर बुधबार दुईजनाको मृत्यु भएको छ। सुन्दहरैंचा २ सलकपुरमा दुईवटा मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु भएको छ। को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल ठोक्किएर कानेपोखरी गाउँपालिका २ का ५० वर्षीय भीमबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा विराटनगरस्थित नोवेल मेडिकल कलेजमा दिउँसो १२ः३० बजे मृत्यु भएको जानकारी कटुवालले दिए। दुर्घटनामा परेर को २८ प २३२२ नम्बरको मोटरसाइकलका चालक इटहरी उपमहानगरपालिका ४ का २० वर्षीय सुजन थापा र पछाडि सवार १९ वर्षीय शिव सिंह गम्भीर घाइते भएका छन्।

Advertisement

उनीहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट क्षतिग्रस्त भएका दुईवटै मोटरसाइकल प्रहरी चौकी विराटचौकको नियन्त्रणमा छन्।त्यस्तै सुन्दरहरैंचा १ की ७५ वर्षीया वेदमायाँ भुजेलको  जमेकाे पानीमा  डुबेर मृत्यु भएको छ।

चार दिनदेखि हराइरहेकी उनलाई स्थानीय बासिन्दाले घर नजिकै रहेको पैनीमा मृत्त अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेको निरीक्षक कटवालले बताए। मानसिक सन्तुलन ठीक नभएकी वृद्धालाई बुधबार जमेकाे पानीमा  डुबिरहेकाे  अवस्थामा फेला पारेपछि घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!