संगालोखबर सम्वाददाता

धनकुटा, ८ माघ । लगातारको निषेधाज्ञा र आमहड्तालका कारण धनकुटाको जनजीवन कष्टकर बनेको छ । १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकिएको बिरोधमा गरिएको अनिश्चितकालिन आमहड्ताल आज छैठौ दिनपनि जारी छ ।

आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट जारी गरिएको अनिश्चितकालिन निषेधाज्ञा पाँच दिन बितिसक्दासम्म पनि खुलेको छैन । निषेधाज्ञा र आमहड्तालका कारण सर्वसाधरणको दैनिकी कष्टकर बनेको हो ।

Advertisement

आमहड्तालका कारण छ दिनयता यातायातका साधन ठप्प छन् । लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन हुँन नसक्दा सर्वसाधरण सास्ती खेप्न बाध्य बनेका छन् ।

बजार पसल, उद्योग धन्दा, शिक्षणसस्था लगायत पनि खुल्न सकेका छैनन् । लामो समयदेखिको बन्दका कारण बजारमा दैनिक उपभोग्य बस्तुको पनि अभाव हुँन थालेको छ ।

प्रादेशिक राजधानीको माग गर्दै धनकुटाबासीले ३८ दिनयता निरन्तर आन्दोलन गर्दै आएका छन् । प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोक्ने निर्णय खारेज गरी धनकुटालाई प्रादेशिक राजधानी घोाषणा नगरिएसम्म आन्दोलन जारी राख्ने आन्दोलन परिचालन समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!