संखुवासभा, ३० पुस। संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ ।

खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरकाे जीप मकालु गाउँपालिका-३, सामाटारमा दुर्घटनामा परेकाे हाे ।

Advertisement

दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जाेशीले बताए ।

 

अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाकाे टाेली घटनास्थलतर्फ गइरहेकाे उनले बताए ।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।

उनीहरू जिल्ला समन्वय समितिकाे अायाेजनामा भएकाे एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएकाे जनाइएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!