रासस

भद्रपुर, ३० पुस । भद्रपुर जेसिजको अध्यक्षमा सोमप्रसाद ढुंगेल सर्वसम्मत निर्वाचित भएका छन् ।

Advertisement

वर्ष २०१७ मा जेसिजको जनसम्पर्क अधिकारीको जिम्मेवारी सम्हाली सक्नुभएका ढुंगेललाई चन्द्रगढीमा शनिबार सम्पन्न भएको जेसिजको ४४औँ वार्षिक साधारणसभाले वर्ष २०१८ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

यसैगरी कार्यकारिणी उपाध्यक्षमा सिर्जना उप्रेती प्रसाईं र जुनेस राउत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसैगरी उपाध्यक्षमा क्रमशः खिलाराज पाण्डे, युवराज ढकाल, सविता कोइराला र सविता मैनाली घिमिरेलाई सर्वसम्मत चयन गरिएको भद्रपुर जेसिजले जनाएको छ ।

नेपाल जेसिजका १३९ वटा शाखामध्ये सबैभन्दा बढी सदस्य भद्रपुरमा रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!