संगालोखबर सम्वाददाता

धनकुटा, २७ पुस। चौविसे गाउँपालिका ५ बोधेमा मीस नेशनल आईकन २०१७ को सेकेन्ड रनरअप मेरिना तुम्सालाई सम्मान गरिएको छ ।आदर्श ईनरजेटिभ युथ ग्रुप र शान्ति आदर्श बाल समुह बोधेको संयुक्त आयोजनामा तुम्सालाई सम्मान गरिएको हो । कार्यक्रममा वडाध्यक्ष पदमकुमार देवानले सम्मानपत्र प्रदान गरि तुम्सालाई सम्मान गरे ।

आदर्श ईनरजेटिभ युथ ग्रुपका संयोजक मनोज हिङमाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष देवान, स्थानीय समाजसेवी आधुनिक देवान, मंगलादेवी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष लीलाप्रदान देवान, पुर्व शिक्षक फाल्गुन प्रसाद खतिवडा लगायतले मन्तव्य राखे ।

कार्यक्रमको सञ्चालन आदर्श ईनरजेटिभ युथ ग्रुपका सचिव पवन खतिवडाले गरेका थिए । तुम्सा चौविसे गाउँपालिका ५ घर भई हाल धरान स्थित बिजयपुर एफ.एम.मा कार्यरत छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!