तरहरा,२६ पुस। स्थानीय निर्वाचन अघि बिभिन्न बिकास गर्ने प्रतिवद्धता सहित भाेट माग्न अाएका जनप्रतिनिधिहरूले चुनाव जितेर गएकाे ६ महिना बितिसक्दा समेत केहि नगरेपछि उनिहरूले गरेकाे प्रतिबद्धता कागचमै सिमित हुन पुगेकाे छ । चुनाव अघि इटहरी २ र तरहराकाे क्षेत्रीय कृषी अनुशन्धान केन्द्रकाे सडक पक्की बनाउने गरेकाे प्रतिबद्धता कागजमै सिमित हुन पुगेकाे हाे ।
बिभिन्न राजनितिक दलका प्रतिनिधिले चुनावी एजेन्डामा क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको बाटो बनाउने पहिलो प्राथमिकता राखेका थिए । तर चुनाव सकिएको ६ महिना बितिसक्दा समेत वास्ता नगर्नु आम मानिसको लागी चासोको बिषय बनेको छ । तरहरा र शान्तिनगरका बासिन्दा ओहोरदोहोर गर्ने सजिलो बाटो बन्ने अपेक्षा गरेको बर्षौ अघिदेखिको हो तर त्यो सपनामा मात्रै सिमित रहेको छ । शान्तिनगरी यातायात संघका अध्यक्ष गोकुल बस्नेतले जनताले दुःख पाएको र नेताले वास्ता नगरेको आरोप लगाए ।
पहिले आँफैले बाटो बनाएर हिड्ने गरेतापनि अहिले भने जनप्रतिनिधिले बनाउने आश्वासन दिएको तर बाटो नबनेका कारण अाँफूहरु समस्यामा परेको उनी बताउछन । साेक्षेत्रकाे सडक बर्षौदेखि ग्राभेल हुँन नसक्दा स्थानीय शान्तिनगर तथा तरहरा ओहोरदोहोर गर्ने सर्वसाधारण भने निकै समस्यामा परेका छन् । यहाँ दैनिक जसो दर्जनौ भेन र सफारीहरु आवत जावत गर्ने गर्दछन् । यो बाटो पूर्वकै पर्यटकीय स्थल तालतलैया सम्म जाने मुख्य मार्गकै रुपमा रहेको छ । तर बाटोको दुरअवस्थाले गर्दा यो बाटो हिड्ने जो कोहि पनि हिचकिचाउँछन् ।
शान्तिनगरका बासिन्दाहरुलाई भने पानीपियाको बाटो ओहोरदोहोर गर्दा निकै समस्या हुने गरेको छ । नजिकै चारकोशे झाडी रहेका कारण जंगली जनावरको आक्रमणमा पर्न सकिने भएकोले साँझबिहान हिड्दा उतिनै कठिनाई भएकोले गर्दा समेत स्थानीयबासीहरु दैनिक गुहार मागिरहेका छन् । बर्षायाममा भने बाढी आएको समयमा यहाँबाट आवत् जावत् गर्न निकै समस्या हुने गर्दछ । चुनाव जित्नका लागी बिभिन्न राजनीतिक दलहरुले मुख्य एजेण्डा नै बनाएका थिए तर चुनाव जितेर गएपछि कसैले पनि चासो नदेखाएकोप्रति स्थानीय सर्वसाधारणको जनप्रतिनिधिमाथी चरम गुनासो सँगै आक्रोश बढेको छ ।
यस बिषयमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका कार्यवाहक प्रमुख रामदेव पण्डितसँग सम्पर्क गर्दा उनले साे सडक २०३५ सालतिर कृषि अनुसन्धानमा ट्रयाक्टरले खेत जोत्नका लागी खोलिएको भए पनि बिस्तारै मान्छे हिड्दै जाँदा बाटो भएको बताएका छन । यो कृषि अनुसन्धानको निजी बाटो भएकाले यहाँ पिज हुने सम्भावन न्यून रहेको उनले बताए । मानिसको जनसंख्या बढ्दै गएकाले आँफै हिडेको र यो बाटो नभई क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको जग्गा भएको पण्डितले दाबी गरे । पहिलेको समयमा कृषकलाई प्रबिधि दिनका लागी बाटो खोलिएको भएतापनि अहिले भने यो बटो बन्द हुन सक्ने समेत उनले बताए ।