दमक,२६ पुस। प्रसिद्ध व्याण्ड नेपथ्यले दमकमा पहिलो पटक खुला कन्सर्ट गर्दै छ।  पुस २८ गते शुक्रबार दमकस्थित सरस्वती माविमा हुने कन्सर्टका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। बुधबार आयोजित पत्रकार भेटघाटमा आयोजकले नेपथ्य २५ वर्ष पुगेको अवसरमा दमकमा कार्यक्रम हुन लागेको जनाएको हो।

दमकमा जे मिडिया, ग्लेम्प इन्टरटेन्मेन्ट र पूर्वाञ्चल रकले कार्यक्रम गर्न लागेको ग्लेम्पका रवि श्रेष्ठले बताए। कन्सर्टमा दुर्र्ई घण्टासम्म नेपथ्यका अमृत गुरुङले विभिन्न गीतहरू प्रस्तुत गर्ने पूर्वाञ्चल रकका रोहन लिम्बूले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!