भोजपुर, २० पौष । भोजपुरको पौवादुम्मा गाउँपालिका – २ स्थित हाबुमा  खुकुरी प्रहारबाट आमा छोरा घाइते भएका छन्। घाइते हुनेमा पौवादुम्मा –२ हाबु बस्ने ३० बर्षिया रामकला राई र उनकै ८ महिनाको छोरा अर्पण राई रहेका छन्।

Advertisement

 उनीहरुलाई छिमेकी मानसिक सन्तुलन ठिक नभएका ४० बर्षिय शान्ता कुमार राईले बुधबार दिउँसो १२ बजेतिर खुकुरी प्रहार गरेको  प्रहरीको भनाई छ ।
खुकुरी प्रहारबाट घाइते उनीहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पञ्जीयार थारुले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!