संगालोखबर सम्वाददाता

धनकुटा, १९ पुस । धनकुटामा बन्दको समयमा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका एक युवा बुधबार राति छुटेका छन् । आन्दोलन परिचालन समिति र प्रहरी प्रशासनवीच भएको बर्तापछि संखुवासभा घर भई धनकुटामा डेरागरी बस्दै आएका सुमन कटुवाल छुटेका हुन ।

जिल्ला प्रहरी कार्यालय धनकुटा । तस्वीर : संगालोखबर

बन्द अवज्ञा गरेको भन्दै धनकुटामा आज दिउँसो चार वटा गाडी तोडफोड गरिएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटुवाललाई बुधबार साँझ धनकुटाको हुलाकटोलबाट पक्राउ गरेको थियो । उनको रिहाईको माग गर्दै धनकुटाको जिरोपईन्टमा प्रदर्शन भएको थियो ।

Advertisement

यसअघि प्रकाशित समाचार…

धनकुटामा गाडी तोडफोड गरेको आरोपमा एक युवा पक्राउ, रिहाईको माग गर्दै प्रदर्शन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!