ताप्लेजुङ, १७ पुस । नेपाली पोशाक प्रति नेपालीहरुको नै आकर्षण घट्दै गएको भन्दै ताप्लेजुङका युवाहरुले सोमबार ताप्लेजुङ सदरमुकाममा राष्ट्रिय पोशाकमा सजिएर प्रभातफेरी निकालेका छन् ।

Advertisement

नेपाली संस्कृतिलाई संक्रमणबाट जोगाउन ‘नेपाली पोसाक’ पहिरीएर विभिन्न जात जातिको झाँकीसहित र्‍यालीले सदरमुकाम फुङ्लिङ बजार परिक्रमा गरेको थियो ।

प्रभातफेरीमा व्राहृमण, लिम्बु, दमाईलगायत जिल्लामा रहेका विभिन्न जात जातिहरुले राष्ट्रिय पोशाकसहित अा-आफ्नो संस्कृति पनि प्रदर्शन गरेका छन् । र्‍यालीपछि सदरमुकामको प्रवेसद्वार तोक्मेडाँडामा जिल्ला समन्वय समिति सभापति धनेन्द्र मादेनले राष्ट्रिय झण्डा फहराएका थिए । नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवस पनि आजै परेकाले सहभागीले नेपाली टोपी लगाएका थिए ।

यालीपछि सामुदायिक भवनमा आयोजित औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारी, फुङ्लिङ नगरपालिकाका मेयर लगायतले राष्ट्रिय पोसाकको महत्वका विषयमा अा-आफ्नो धारणा राखेका थिए ।

वामी राजानन्द असहाय कल्याणकारी संस्था नेपाल (श्रद्धावन)ले प्रत्येक वर्षको १७ पुसमा ‘प्रस्तावित नेपाली पोसाक दिवस’ मनाउन सुरु गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!