संगालोखबर सम्वाददाता

धनकुटा, १५ पुस । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन सरकार तयार भएमा नगरपालिकाको बार्षिक सवै बजेट राजधानीका लागि आवश्यक पूर्वाधार बिकासमा खर्च गर्ने बताएका छन् ।

धनकुटा महिला बचत तथा ऋण सहकारी सस्थाको पाँचौ बार्षिक साधारणसभालाई संबोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

Advertisement

प्रादेशिक राजधानीका लागि धनकुटामा आवश्यक पूर्वाधार नभएको हल्ला फिजाईएको प्रति गुनासो गर्दै मेयर तामाङले पूर्वाधार नपुगेकै कारणले राजधानी घोषणा गर्न सरकारले आनाकानी गरेको भए पूर्वाधार विकास गर्न नगरपालिकाले सवै बजेट लगानी गर्न तयार हुँने बताए ।

कार्यक्रममा बोल्दै मेयर तामाङ । तस्वीर: रबिन कटेल/संगालोखबर

‘धनकुटामा पूर्वाधार पुगेन भन्ने हल्ला मच्चाईदैछ’ मेयर तामाङले भने ‘यदि सरकारले धनकुटालाई राजधानी घोषणा गर्न तयार हुन्छ भने धनकुटा नगरपालिकाले बार्षिक सवै विकासे बजेट पूर्वाधार बिकासमा खर्च गर्न तयार छ ।’

नगरपालिकामा बार्षिक ३०÷३५ करोड विकासे बजेट हुँने बताउँदै उनले पूर्वाधार नपुगेको भए विकासे सवै बजेट राजधानीका लागि आवश्यक पूर्वाधार विकासमै खर्च गर्ने बताएका हुन ।तर, सरकारले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न तयार हुँनुपर्ने उनको भनाई छ ।

सरकारले धनकुटालाई राजधानी घोषणा नगर्नका लागि बाहानाबाजि गर्दै आएको भन्दै मेयर तामाङले धनकुटेली जनता प्रादेशिक राजाधानीका लागि जेसुकै गर्न पनि तयार हुँने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!