
ओखलढुङ्गा, १३ पुस । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ टाकिटारमा गएराति भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ ।
मृत्यु हुँनेमा स्थानीय ३० बर्षीय दुर्गाधन तामाङ छन् ।
गएराति करिव साँढे १ बजे मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षीय श्याम तामाङले दाजुलाई कुटपिट गरेका हुन् ।
भाईको कुटपिटबाट दाजु दुर्गा धनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ ।















