संगालोखबर सम्वाददाता

धनकुटा, १२ पुष । अन्तरधार्मिक शान्ति संजाल मोरङ्गको आयोजना तथा युनाईटेड मिसन नेपाल र सामुदायिकविकास मञ्च नेपालको साझेदारीमा सुनसरीको इटहरीमा धर्मनिरपेक्षता र कानुनी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“सबै धर्मको चाहाना, अहिंशा शान्तीको कामना” भन्ने मुलनाराको साथ आयोजना गरिएको एक दिवशीय कार्यक्रममा हिन्दु, वुद्ध, किरात, मुश्लिम र ख्रीष्टियन धर्मका धर्म गुरुहरु तथा अनुयायी सहभागी थिए ।

Advertisement

मोरङ्गको क्षेत्र नंं. ४ का सांसद अमनलाल मोदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एड्भोकेट्स फर द नेशनका केन्द्रीय अध्यक्ष एवं अधिवक्ता गणेश श्रेष्ठ र अन्तर धार्मिक चौतारी काठमाण्डौंका वि.पि.खनालले सहजीकरण गरेका थिए ।

सो अवसरमा नेपालको संविधान २०७२, धर्म निरपेक्षता र कानुन व्यवस्थाको विषयमा छलफल भएको थियो ।

नेपाल ऐन, संविधान, ऐन, नियम, उपनियम, मुद्धाको प्रकार, नेपालको न्यायलयको स्वरुप र धर्म निरपेक्षताको परिभाषा र व्यवहारिक प्रयोगको विषयमा विशेष सहजीकरण गरिएको थियो ।

सो अवसरमा एड्भोकेट्स फर द नेशनका केन्द्रीय अध्यक्ष एवं अधिवक्ता गणेश श्रेष्ठले “नेपालको संविधानको धारा–४ मा व्यवस्था लगायतका सन्दर्भमा प्रकास पारे । अन्तर धार्मिक शान्ती संजाल मोरङ्गका सदस्य रामभक्त कुरुङ्गवाङ्ग, संजाल मोरङ्गका अध्यक्ष राजेन्द्र प्रसाद ढकाल, संस्थाका सदस्य सावित्रा सिवाकोटीले लगायतले मन्तव्य राखे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!