Rabin Katel

धनकुटा, १० पुस । धनकुटाका पत्रकारले आफ्नै लागि स्थानीय पत्रकार आचारसंहिता बनाएका छन् । प्रेस काउन्सिल नेपालले तयार गरेको ‘पत्रकार आचारसंहिता–२०७३’ भएपनि जिल्लाका पत्रकारहरुले स्थानीय स्तरमा पेशालाई थप मर्यादित र ब्यवस्थित गर्न स्थानीय आचारसंहिता बनाएका हुन् ।

पत्रकार महासंघ धनकुटाको संयोजनमा सूचना बिभागले आयोजना गरेको प्रमुख कानून र आचारसंहिता बिषयक पत्रकार आवद्धता तालिम पश्चात पत्रकारहरुले नयाँ आचारसंहिता बनाएका हुन् । जिल्लामा क्रियासिल पत्रकार र स्थानीय सञ्चारमाध्यमलाईसमेत समेट्ने गरी आचारसंहिता बनाईएको पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।

Advertisement

स्थानीय आचारसंहितामा स्थानीय गतिबिधिलाई पहिलो प्राथमिकतामा राखेर खोजमुलक समाचार प्रकाशन/प्रशारण गर्ने, पत्रकारहरुवीच आपसी सहकार्य गरेर स्वस्थ प्रतिस्प्रधा गर्ने, कुनै पनि ब्यक्ति वा संघसस्थाको प्रलोभनमा नपरी निष्पक्ष कमल चलाउँने, तथ्य र सत्यमा आधारित समाचार लेख्ने, समाचारले पार्ने मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर मात्र समाचार प्रकाशन÷प्रशारण गर्ने उल्लेख छ ।

त्यस्तै पत्रकार आचारसंहिता–२०७३ को पूर्ण पालना गर्ने, सन्तुलित समाचार सम्प्रेषण गर्ने, आधिकारिक रुपमा पुष्टि भएपछि मात्र समाचार संप्रेषण गर्ने, सामाजिक साँस्कृतिक सद्भाव र धार्मिक सहिष्णुतालाई खलल पुर्याउँने किसिमका समाचार संप्रेषण नगर्ने लगायत वुँदा स्थानीय आचारसंहितामा उल्लेख छ । जिल्लामा क्रियासिल २९ जना पत्रकारले स्थानीय पत्रकार आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउँदै हस्ताक्षर पनि गरेका छन् ।

तीन दिनसम्म सञ्चालित तालिममा सहभागिहरुलाई प्रशिक्षक डा.सुरेश आचार्य र बिजयप्रसाद मिश्रले पत्रकारिता क्षेत्रका प्रमुख कानून र आचारसंहिता बिषयमा जानकारी गराएका थिए ।

तालिम समापनमा बोल्दै प्रशिक्षक डा.आचार्यले सिकेका कुरालाई ब्यावहारमा उतार्न सहभागिहरुलाई आग्रह गरे ।

पत्रकार महासंघका अध्यक्ष श्रेष्ठ र पूर्व अध्यक्ष बिजयसन्तोषी राईले तालिम सञ्चालन गरेको भन्दै सूचना बिभागका पदाधिकारीप्रति आभार प्रकट गरे । तालिम समापनमा सहभागिको तर्फबाट बोल्दै स्मिता निरौला र नरेन्द्र राईले धेरै नयाँ कुरा सिक्ने अवसर पाएको बताउँदै पहिलेनै सिकिसकेका कुराको पनि पुर्नताजकी भएको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement