धनकुटा, १० पुस । धनकुटा वहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि विपत जोखिम न्युनिकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्म र रेडियो मकालुको सञ्चार सहकार्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती र धनकुटा वहुमुखी क्याम्पस प्रमुख निरञ्जन वस्तीले विपत तथा जोखिमबाट वच्न तथा सुरक्षित रहन विद्यार्थीहरु माझ सञ्चालन गरिने जनचेतनाकमुलक कार्यक्रम प्रभावकारी हुनेमा जोड दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी वल छिन्ताङ्ग गुल्मका गुल्मपति डिएसपी रमेश विक्रम शाहीले भुकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपत तथा जोखिम सम्वन्धि सैद्धान्तिक ज्ञान प्रदान गरेका थिए भने ईस्पेक्टर रोहित घिमिरेले विपतको समयमा अपनाउँनुपर्ने उपाय र गर्न नहुँने कामको बारेमा जानकारी गराए ।
कार्यक्रमको औचित्यका बारेमा रेडियो मकालु सञ्चालक समितिका महासचिव नैन विश्वकर्माले जानकारी गराएका थिए ।

छिन्ताङ्ग गुल्मले धनकुटा–७ को त्रिवेणी माविका विद्यार्थीका लागी पनि विपत जोखिम न्युनिकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने गुल्मपति शाहीले जानकारी दिए ।















