राजविराज, ९ पुस । एक महिनादेखि सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता भएका छन् ।  राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ । राजविराजस्थित लिटिल एन्जेल्स बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी सिंगियौनस्थित घर जाने क्रममा बीच बाटाबाटै सम्पर्कविहीन भएको बताइएको छ ।

Advertisement

किशोर सम्पर्कविहीन भएका विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिइएको छ । पीडित परिवारले किशोरको खोजीका लागि पहल गरिदिन स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मीलगायत सबै पक्षसँग आग्रह गरेको छ ।

यसअघि दुई दिन अगाडि बेपत्ता रहेका आफ्ना साथीको खोजी गरिदिन माग गर्दै सो विद्यालयका छात्रछात्राले राजविराजमा प्रदर्शन गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!