सुनसरी, ७ पुस । धरान–१६ बाट प्रहरीले ताल खेल्ने १० जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय सोहन थापाको घरबाट तास खेल्ने १० जनालाई पक्राउ गरेको हो ।
प्रहरीले तासको खालबाट ४८ हजार ७ सय ३० रुपैया नेपाली, ९ सय भारतीय रुपैयाँ र ६ बुङ ताससमेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















